नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री आफैं इजरायल जाने
त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर जहाज इजरायल जाने जनाइएको छ।
काठमाडौं, असोज २४ : इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन्। इजरायलबाट स्वदेश फर्किन चाहने नागरिकलाई लिन नेपाल वायु सेवा निगमको जहाजमा आज राति उनी ११ बजे त्यहाँ जान लागेका हुन्।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो। नेपाल आउन चाहने नेपालीलाई लिन आज ११ बजे नेपाल एयरलाइन्समा परराष्ट्रमत्री स्पयम जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको कानुनमन्त्री धनराज गुरुङले बताए।
त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर जहाज इजरायल जाने जनाइएको छ। २६५ विद्यार्थीमध्ये १० जनाको निधन भएको र केही सम्पर्कमा नरहेको भन्दै बाँकीलाई २५० सिटको वाइडबडी विमानबाट एकैपटक ल्याउने सरकारको तयारी छ। विद्यार्थीलाई लिन आजै विमान इजरायल जाँदैछ।
तेल अबिबस्थित नेपाली दूतावासका अनुसार करिव ४०० नेपालीले घर फर्किन विवरण टिपाएका छन्।











-1784031842.jpg)