Kathmandu Press

माओवादी संसदीय दलका नेता आङ्बोलाई काेशी मुख्यमन्त्रीकाे उम्मेदवार बनाउन गठबन्धन सहमत

माओवादी संसदीय दलका नेता आङ्बोलाई काेशी मुख्यमन्त्रीकाे उम्मेदवार बनाउन गठबन्धन सहमत

काठमाडौं, असोज २४ : कोसी प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई त्यहाँकाे मुख्यमन्त्रीका लागि अगाडि बढाइने भएकाे छ। केन्द्रीय सत्ता गठबन्धनका नेताहरू आङ्बोलाई मुख्यमन्त्रीकाे उम्मेदवार बनाउन सहमत भएका छन्।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको नेतृत्वले दाबी छाडेपछि आङ्बो मुख्यमन्त्रीका उम्मेदवार बन्ने भएका हुन्। संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ। त्यसमा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ। 

कांग्रेसमा संसदीय दलका नेता उद्धव थापासँगै केदार कार्की, अमृत अर्याल, भीम पराजुली पनि मुख्यमन्त्रीका आकांक्षी थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राप्रपाले कांग्रेसलाई समर्थन नगर्ने तर माओवादीलाई साथ दिने सन्देश कांग्रेस नेताहरुलाई दिए।

राप्रपाले साथ दिए आङ्बोलाई मुख्यमन्त्रीमा दाबीका लागि बहुमत जुटाउन कठिनाइ हुनेछैन। गठबन्धनसँग मुख्यमन्त्री दाबी गर्न ४७ सांसद हुनुपर्छ। ४६ पहिला नै भएकाे अवस्थामा राप्रपाले साथ दिए मुख्यमन्त्री आङ्बो बन्ने लगभग पक्का भएको छ । 

प्रकाशित मिति: १७:३९ बजे, बुधबार, असोज २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्