Kathmandu Press

स्वदेश फर्किन चाहनेलाई तत्काल उद्धार गर्न मानवअधिकार आयोगको आग्रह 

स्वदेश फर्किन चाहनेलाई तत्काल उद्धार गर्न मानवअधिकार आयोगको आग्रह 

काठमाडौं, असाेज २४ : राष्ट्रिय मानवअधिकार आयोगले, इजरायलमा भएको हमलामा परी निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई आग्रह गरेको छ । 

आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा, शव नेपाल ल्याउन, घाइतेहरुको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता रहेका नेपालीहरुको तत्काल खोजी गर्न, अप्ठ्यारोमा परेकाहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, आग्रह गरिएको छ । 

त्यस्तै आयोगले, पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न र स्वदेश फर्किने चाहना भएका नागरिकहरुलाई स्वदेश फर्काउनका लागि प्रभावकारी पहल गरी नागरिकको मानव अधिकारको सम्मान तथा संरक्षण गर्न समेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
 

प्रकाशित मिति: १७:२६ बजे, बुधबार, असोज २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्