इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीकाे परिवारलाई कर्णाली सरकारले ३ लाख रूपैयाँ दिने
प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले इजरायल आक्रमणमा दिवंगत भएका कर्णालीका विद्यार्थीको परिवारलाई राहतस्वरूप ३ लाख रूपैयाँ दिने निर्णय गरेको हो।
सुर्खेत, असोज २४ : कर्णाली प्रदेश सरकारले इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई राहतस्वरूप ३ लाख रूपैयाँ दिने भएके छ।
प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले इजरायल आक्रमणमा दिवंगत भएका कर्णालीका विद्यार्थीको परिवारलाई राहत स्वरूप तीन लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
कर्णली सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीका अनुसार प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना समेत प्रकट गरेको छ।
दक्षिण इजरायलको किबुज अलुमियमा असोज २० गते प्यालेस्टिनी समूह हमास हमलामा पर्दा कर्णालीबाट शारदा नगरपालिका–३ सल्यानका २४ वर्षीय प्रवेश भण्डारीको मृत्यु भएको थियो।
प्रकाशित मिति: १७:१९ बजे, बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)