Kathmandu Press

अख्तियार पदाधिकारी नियुक्ति प्रक्रिया त्रुटिपूर्ण : गगन थापा

अख्तियार पदाधिकारी नियुक्ति प्रक्रिया त्रुटिपूर्ण : गगन थापा

काठमाडौं, असोज २४ : कांग्रेस महामन्त्री गगन थापाले दलगत हस्तक्षेपका कारणा अख्तियार दुरूपयाेग अनुसन्धान आयोगमा गरिएकाे नियुक्तिकाे प्रक्रिया त्रुटिपूर्ण रहेको बताएका छन्।

राज्य व्यवस्था समितिको बैठकमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा थापाले अख्तियारका पदाधिकारी नियुक्ति गर्दा दलगत भागबन्डाले गर्दा जरामै समस्या रहेको बताए। पछिल्लो समय  त्यसमा अदालतसमेत तानिने र मुछिने अवस्था बनेको उनले स्पष्ट पारे।

परिणाम प्राप्तिका लागि नियुक्तिकको मापदण्ड र प्रक्रिया बदल्नै पर्नेमा उनले जाेड दिए। राष्ट्रिय सर्तकर्ता केन्द्रलाई पनि अख्तियारभित्रै ल्याएर अनुचित कार्य हेर्ने गरि व्यवस्था गर्नुपर्ने उनकाे भनाइ थियाे।

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, असोज २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्