Kathmandu Press

चंगा उडाएर रमाउँदै केटाकेटी

दशैंमा चंगा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने एकिन तथ्य नै त छैन तर बुढापाकाका अनुसार दशैंमा चंग उडाउने प्रचलन धेरै पुरानो हो। 
चंगा उडाएर रमाउँदै केटाकेटी

काठमाडौँ, असोज २४ : शरद ऋतुको हावा वहन थालेको छ। आकाश सफा र निलो भएको छ। यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन्। दशैं पर्वको धेरै रमाइलो र आकर्षक पक्षहरु मध्य चङ्गा उडाउनु पनि एक हो। सो कारण अझै केटाकेटीहरुलाई त झनै दशैंको महत्व धेरै हुन्छ। दशैं आएपछि साना केटाकेटीहरु धेरै खुसी हुन्छन्।

_MG_8277-1697018305.jpg

केटाकेटीहरु नयाँ लुगा लगाएर पिङमा झुम्मिन्छन् र विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन्। हुन त काठमाडौं उपत्यका बाहिरका शहर र गाँउहरुमा पनि दशैंमा चङ्गा नउडाइने होइन तर विशेषगरि काठमाडौं उपत्यकामा यो प्रचलन बढि रहेको छ। दशैंमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने एकिन तथ्य नै त छैन तर, बुढापाकाका अनुसार दशैंमा चङ्गा उडाउने प्रचलन धेरे पुरानो हो। 

_MG_8300-1697018305.jpg

दशैंमा चङ्गा उडाउने प्रचलनको कारणबारे खोतल्दै जाँदा यो धार्मिक आस्थासँग जोडिएको पाइन्छ। वर्ष र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्याउन चङ्गा उडाउने प्रचलन सुरु भएको जनविश्वास रहेको छ। दशैंमा चङ्गा उडाइनुको अर्को प्रमुख कारण भनेको मौसम पनि हो। शरद ऋतुमा पर्ने दशैं आसपासको समयमा आकाश खुल्ला र सफा हुन्छ।

_MG_8309-1697018303.jpg

चङ्गा उडाउन मन्द हावाको बहाव उपयुक्त हुन्छ। दशैंताका झरि पर्ने वा हुस्सु लाग्ने गर्दैन त्यसैले चङ्गा उडाउन उपयुक्त हुन्छ। यतिखेर चैतवेशाखमा जस्तो हावाको बहाव पनि धेरै हुँदैन र चङ्गा सन्तुलित हुन्छ। त्यस्तै दशैंमा स्कूल कलेजहरु धेरै दिन बिदा हुनाले पनि केटाकेटीहरुलाई पढाईलेखाईको चाप हुँदैन। फुर्सदमा रङ्गीबिरङ्गी चङ्गा उडाउन पाँउदा उनीहरुको खुसीको सीमा नै हुँदैन। दशैंको आगमन सँगै हल्चोकस्थित रातामाटामा चङ्गा उडाउँदै स्थानीय युवा र केटाकेटीहरू।

 

 

 

_MG_8305-1697018303.jpg

_MG_8312-1697018302.jpg

_MG_8320-1697018302.jpg

_MG_8345-1697018302.jpg

_MG_834-1697018302.jpg

_MG_8355-1697018301.jpg

_MG_8349-1697018301.jpg

प्रकाशित मिति: १६:०९ बजे, बुधबार, असोज २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्