रिगलकाे आममाफीविरुद्ध दबाबपूर्ण प्रदर्शन [तस्बिरहरू]
पतिकाे हत्यमा संलग्न भएर दाेषी ठहरिएका 'गुन्डा नाइके' रिगल भनिने योगराज ढकाललाई आम माफी दिने सरकारको निर्णयविरुद्ध भारतीले अनशन गरिरहेकी हुन्।![रिगलकाे आममाफीविरुद्ध दबाबपूर्ण प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/bharati-1697014183.jpg)
काठमाडौं, असाेज २४ : रिगल भनिने योगराज ढकालको राष्ट्रपतिद्वारा गरिएको आम माफीविरुद्ध आज माइतीघरमा भारती शेर्पा मानन्धरको पक्षमा मानन्धर समाज र युवा अभियन्ताहरुले दबाबपूर्ण प्रदर्शन गरेका छन्। राष्ट्रपतिकाे राजीनामा माग्दै नारा लगाउदै उनीहरु माइतिघर देखि बानेश्वर सम्म शान्तिपूर्ण खबरदारी तथा विरोध र्याली गरेका छन्।

भारतीले एक सातादेखि अनशनलाई जारी राखेकी छन्। पति चेतन मानन्धरलाई न्यायको माग गर्दै असाेज १८ गतेदेखि भारतीले काठमाडौंको माइतीघरमा अनशन थालेकी हुन्। उनले न्याय नपाएसम्म घर नफर्कने अडान लिएकी छन्। पतिकाे हत्यमा संलग्न भएर दाेषी ठहरिएका 'गुन्डा नाइके' रिगल भनिने योगराज ढकाललाई आम माफी दिने सरकारको निर्णयविरुद्ध भारतीले अनशन गरिरहेकी हुन्।

रिगलले खुँडा प्रहार गरी २०७२ असार २९ सालमा भारतीका पति २९ वर्षीय चेतनको हत्या गरेका थिए। त्यसपछि कर्तव्य ज्यान मुद्दामा रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। रिगलको आममाफीबारे सरकारको चर्को अलोचना भइरहेको छ। संविधान दिवसको अवसर पारेर पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालसहित ६ सय ७० जनालाई आममाफी दिएका थिए।






















-1784031842.jpg)