Kathmandu Press

ओछ्यानमै मृत भेटिए प्रहरी चौकीका इन्चार्ज

कोठामा सुतेको अवस्थामा चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। मोरङ घर भएका उनलाई ओछ्यानमा घोप्टो परेर सुतेको अवस्थामा फेला पारिएको थियो।
ओछ्यानमै मृत भेटिए प्रहरी चौकीका इन्चार्ज

विराटनगर, असाेज २४ : धनकुटाको एक प्रहरी चौकीका इन्चार्ज सुतेकै अवस्थामा मृत भेटिएका छन्। धनकुटाको चौबिसे गाउँपालिकामा रहेको मुढेबास प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरीक्षक ४१ वर्षीय प्रकाश चौधरी मृत अवस्थामा भेटिएका हुन्।

कोठामा सुतेको अवस्थामा चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। मोरङ घर भएका उनलाई ओछ्यानमा घोप्टो परेर सुतेको अवस्थामा फेला पारिएको थियो।

धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनका अनुसार मृत्युको कारण खुलेको छैन। शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 
प्रकाशित मिति: १३:०३ बजे, बुधबार, असोज २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्