सिक्किमको बाढीमा बेपत्ता भएका नेपालीहरुको खोजीका लागि पहल गर्न आग्रह
असोज १७ गतेको बाढीमा परी इलामका १० जना बेपत्ता भएको उनीहरुका आफन्तले बताएका छन्। काम गर्नका लागि गएका इलाम नगरपालिका–९ का उनीहरु बाढीको घटनापछि सम्पर्कविहीन भएको स्थानीय बासिन्दाको भनाइ छ।
विराटनगर, असाेज २४ : साताअघि सिक्किमको टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएका १० जना नेपालीहरुको खोजीका लागि पहल गरिदिन भारतीय पक्षसँग आग्रह गरिएको छ।
असोज १७ गतेको बाढीमा परी इलामका १० जना बेपत्ता भएको उनीहरुका आफन्तले बताएका छन्। काम गर्नका लागि गएका इलाम नगरपालिका–९ का उनीहरु बाढीको घटनापछि सम्पर्कविहीन भएको स्थानीय बासिन्दाको भनाइ छ।
उनीहरुले खोजी गरिदिने जिल्ला प्रशासन कार्यालय इलामलाई अनुरोध गरेका छन्। इलाम नगरपालिका ९ का बिक्रम फियाकले टिस्टा नदीको बाढीले क्षति पुर्याएकै दिनदेखि उनीहरु परिवारसँग सम्पर्कबिहीन भएका हुन्। उनका अनुसार सम्पर्कविहीन भएकामा इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत, कुमार बस्नेतलगायत छन्।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार नेपालीहरु सम्पर्कबिहीन भएको जानकारी आएपछि भारतीय पक्षसँग खोजी र उद्धारका लागि पहल भइरहेको छ। भारतीय सुरक्षाकर्मी र प्रशासनसँग कुरा गरी बेपत्ता भएका नेपालीहरुको खोजी र उद्धारको पहलका लागि समन्वय भइरहेको प्रशासन कार्यालयले जनाएको छ।
सीमावर्ती नेपाली गाउँका बासिन्दा कामका लागि सिक्किम, दार्जिलिङ, कालेम्पोङ जस्ता क्षेत्रमा जाने गरेका छन्। उनीहरु पनि कामकै लागि त्यस सिक्किमतर्फ जाने क्रममा टिस्टा नदीको बाढीका कारण प्रभावित भएका हुन्।











-1784031842.jpg)