Kathmandu Press

क्यानडाको टोरन्टोमा नेपथ्यसँग झुमे नेपाली 

पहिलोपटक क्यानाडामा पाइला टेकेको ब्याण्डले सुरुमा क्यालगरी त्यसपछि भ्यानकुभरहुदै अन्त्यमा टोरन्टोमा प्रस्तुत भइरहँदा त्यो क्षण स्थानीय नेपाली समुदायका लागि मानक बन्दै थियो।
क्यानडाको टोरन्टोमा नेपथ्यसँग झुमे नेपाली 

काठमाडौं, असोज २४ : ऐतिहासिक स्मारकका रुपमा श्रद्धा गरिने भब्य सभागृह ‘मेस्सी हल’मा गर्विलो उपस्थिती जनाउँदै नेपथ्यले क्यानाडाको श्रृंखलावद्ध यात्रा टुङ्ग्याएको छ। 

पहिलोपटक क्यानाडामा पाइला टेकेको ब्याण्डले सुरुमा क्यालगरी त्यसपछि भ्यानकुभरहुदै अन्त्यमा टोरन्टोमा प्रस्तुत भइरहँदा त्यो क्षण स्थानीय नेपाली समुदायका लागि मानक बन्दै थियो।

‘यति महत्वपूर्ण हलमा उस्तै महत्वपूर्ण तवरले नेपथ्य प्रस्तुत भइदियो,’ टोरन्टोका मिङमा नोर्गे शेर्पा भनिरहेका थिए, ‘दर्शकका रुपमा उपस्थित हुँदा पनि त्यो एउटा नेपालीले गर्व गर्ने क्षण बनिदियो।’ मिङमाका अनुसार प्रस्तुतीदेखि लिएर सहभागीतासम्मका हिसाबले यस्तो भब्य अनुभूति यसअघि भएको थिएन।

Hardik ivf

कन्सर्ट सकिएपछि नेपथ्य र ब्याण्डका मुख्य गायक अमृत गुरुङको फेसबुक पोस्टमा आएका प्रतिक्रियाहरुले पनि मिङमाका भनाइलाई थप पुष्टि गरिरहेका छन्। दर्शक हुनुको अनुभूति प्रकट गर्दै प्रतिक्रिया जनाउनेहरुले टोरन्टो शोलाई ‘जीवनकै महत्वपूर्ण अनुभव’ भनेर उल्लेख गरेका छन्।

09-Nepathya-frontman-Amrit-Gurung-performing-in-Toronto.-Photo-Dipit-Raz-Nepalaya-1696992486.jpg

कन्सर्टका लागि एक घन्टा अगावै हलको ढोका खुल्नासाथ दर्शकहरुको उपस्थिती सुरुभइसकेको थियो। स्थानीय समय अनुसार बेलुकीको ठीक सात बजे पहिलो प्रस्तुतीका रुपमा ‘सा कर्णाली’ म्यूजिक भिडियो बज्नासाथ तीनतल्ले हलको टनाटन दर्शक घेराले उत्तेजना र उत्साहको आवाज गुञ्जाएका थिए। त्यसपछि कन्सर्ट अवधिभर त्यो न्यानोपना जारी रह्यो।

मञ्चमा ब्याण्डको उपस्थितीपछि भने ‘कोशीको पानी यो जिन्दगानी’बाट साँझको सुरुवात गरिएको थियो। त्यसपछि लगातार नयाँ र पुराना गीतहरु एकपछि अर्को प्रस्तुत हुँदै गए।

दर्शकदीर्घामा एउटा परिचित क्यानेडेली अनुहार पनि देखिन्थ्यो। उनी थिए लामो समय नेपालमा बसेर पत्रकारिता गरेका ड्यानियल ल्याक। ‘नेपालले समेटेको गजबको धर्ती, संस्कृति र त्यहाँका मानिसहरुका बारेमा बोल्ने उत्साहवर्धक संगीतको अनुभूति भयो,’ ड्यानियल भन्दै थिए, ‘अमृत र उनको टोलीले आफ्नो प्रतिभा र हुटहुटीलाई यति गहनताका साथ प्रस्तुत गरे कि यो बेलुकी म एउटा मगनमस्त नेपालीजस्तै झुम्न पुगेँ।’

आफ्नो सँधैको स्वभावजस्तै ब्याण्डका मुख्य गायक एवं अगुवा अमृतले पनि कन्सर्ट अवधिभर दर्शकहरुसँग गीतको साथसाथै संवादलाई जारी राखे।‘नेपालीहरु जतासुकै फैलिए पनि हामी सबैको साझा घर नेपालै हो,’ अमृतको भनाइ थियो, ‘तपाईंहरुले यहाँ सिकेको सीप र आर्जन गरेको धन जोडेर स्वदेशको निर्माण गर्नुपर्छ।’

उनले विदेशमा बसेका बेला नेपालीहरु एकजुट हुनुपर्ने आवश्यकता पनि औंल्याए। यतिबेला मुलुकभित्र विभाजन ल्याउन खोज्नेहरु विरुद्ध पनि अमृतले खबरदारी गरे।
08-Nepathya-on-stage-at-the-Massey-hall-in-Toronto.-Photo-Dipit-Raz-Nepalaya-1697005441.jpg
‘हामी बीच जात, धर्म र वर्गजस्ता कुराहरु अघि सारेर जो जसले विभाजन ल्याउन खोजे पनि त्यसको जवाफ हामीले एकजुट भएर दिनुपर्छ,’ उनले थपे, ‘त्यस्ता विभाजनकारीलाई हामीले उल्टो मानवता र भाइचाराको प्रवद्र्धन गरेर देखाइदिउँ।’ अमृतका यी भनाइहरुलाई  टोरन्टोका दर्शकहरुले चर्को तालीका साथ अनुमोदित गरिदिएका थिए।

टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्नका लागि छिमेकी मुलुक अमेरिकाबाट पनि उल्लेख्य संख्यामा दर्शक जम्मा भएका थिए। त्यसमा पनि विशेषगरि विजय दुलाल, विकल पाख्रिन र महेन्द्र पौडेलजस्ता दर्शकहरु टेक्सासदेखि झण्डै १५ सय माइल टाढाको यात्रागरेर आइपुगेका थिए। त्यसका निम्ति उनीहरुले तीन घन्टाको हवाइ र पाँच घन्टाको सडक यात्रा गर्नुपरेको थियो।

त्यसैगरि युरोपबाट क्यानाडा घुम्नका लागि आएका आशिष पुर्जा मगरको निम्ति ठीक यतिबेलै टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्न पाउनुले अर्को रमाइलो थपिन पुग्यो।

02-Nepathya-performing-at-the-Massey-Hall-in-Toronto.-Photo-Dipit-Raz-Nepalaya-1696992486.jpg

कन्सर्टमा ‘यो जिन्दगानी’ गीत प्रस्तुत गरिरहँदा गायक अमृतले पछिल्लो समय नेपथ्य ब्याण्ड मानव सेवा आश्रमसँग मिलेर मानवताको सेवामा समर्पित भइरहेको जानकारी पनि गराएका थिए। यसरी निर्वाह गर्दैआएको सामाजिक दायित्वलाई सन्देशका रुपमा सुनाउँदा सुनाउँदै पनि दर्शकका बीच सर्वकालीक हिट गीतहरु ब्याण्डले प्रस्तुत गरेको थियो। नेपथ्यले तीब्र दर्शक उत्तेजनाकै बीच ‘रातो र चन्द्रसूर्जे’ गीतबाट आफ्नो प्रस्तुती अन्त्य गरेको थियो।

कन्सर्टमा अमृतलाई सदैवझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

07-Nepathya-performs-at-the-historic-Massey-hall-in-Toronto.-Photo-Dipit-Raz-Nepalaya-1697005438.jpg

‘नेपथ्य अनुभव गर्न चाहने क्यानाडाका नेपालीहरुको ओजपूर्ण उपस्थिती देख्न पाइयो,’ आयोजक टिमका दिपेन्द्रजंग केसीले समापनपछि भने, ‘यो कन्सर्टबाट क्यानाडामा नेपाली संगीतको एउटा इतिहास रचिएको महशुस हुदैछ।’

टोरन्टो प्रस्तुतीसँगै क्यानाडाको श्रृंखलावद्ध यात्रा समाप्त भएपछि अब १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अक्टोबर १२ तारिखका दिन स्वदेश फर्कँदैछ।

06-Nepathya-performing-in-Toronto.-Photo-Dipit-Raz-Nepalaya-1697005437.jpg

04-Nepathya-performs-at-the-iconic-Massey-Hall-in-Toronto.-Photo-Dipit-Raz-Nepalaya-1697005435.jpg

03-Nepathya-band-members-bow-down-to-the-audience-as-they-close-their-Toronto-concert.-Photo-Dipit-Raz-Nepalaya-1697005434.jpg

01-Nepathya-performing-to-a-packed-house-at-the-Massey-Hall-in-Toronto.-Photo-Dipit-Raz-Nepalaya-1697005433.jpg

प्रकाशित मिति: ०८:३३ बजे, बुधबार, असोज २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्