Kathmandu Press

संघीय गणतन्त्र संस्थागत होस् भन्ने सबैको चाहाना छ : अध्यक्ष यादव

यादव अमेरिकाको डालसमा एशोसिएशन अफ तराई इन अमेरिकाको सातौं सम्मेलनमा भाग लिनका अमेरिका पुगेका थिए।
संघीय गणतन्त्र संस्थागत होस् भन्ने सबैको चाहाना छ : अध्यक्ष यादव

काठमाडौं, असोज २४ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले, विदेशमा रहेका नेपालीले समेत नेपालमा संघीय गणतन्त्र संस्थागत भएको देख्न चाहेको बताएका छन्।

अमेरिका भ्रमणबाट फर्किएपछि मंगलबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग उनले त्यहाँ रहेका नेपालीले देश समृद्धिको बाटोमा जाओस् र संघीय गणतन्त्र संस्थागत होस् भन्ने चाहेको बताए।

‘सबैको चिन्ता चहाना भनेको समृद्धिको बाटोबाट मुलुक अगाडि बढोस भन्ने छ,’ उनले भने ‘उहाँहरुले पनि नेपालमा शान्ति, स्थिरता र संघीय गणतन्त्र संस्थागत भएर विकासको गति अगाडि बढाउँन सक्दो योगदान गर्ने इच्छा रहेको पाइयो।’

यादव अमेरिकाको डालसमा एशोसिएशन अफ तराई इन अमेरिकाको सातौं सम्मेलनमा भाग लिनका अमेरिका पुगेका थिए।

उनले अमेरिका बसाईका क्रममा डालसको कार्यक्रमपछि न्यूयोर्क, अस्टिन र वासिङ्टनडिसीमा पार्टीका तर्फबाट आयोजित कार्यक्रममा सहभागि भएको बताए।

ती कार्यक्रममा अमेरिकाबाट नेपालीहरुले देशमा स्थायीत्व र शान्तिका लागि भूमिका खेल्न आग्रह गरेको उनको भनाइ छ। 

प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, असोज २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्