Kathmandu Press

निजामति कर्मचारीको प्रश्न : ‘हामीलाई न्याय कसले दिने?’ [तस्बिरहरू]

मंगलबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सरकारसँग न्यायको माग गर्दैै उनीहरुको मुद्दामा सरकारको उपस्थिति खोजेका हुुन्।
निजामति कर्मचारीको प्रश्न : ‘हामीलाई न्याय कसले दिने?’ [तस्बिरहरू]

काठमाडौं, असोज २३ : संघीय निजामती विधेयकमा असन्तुष्ट स्थानीय तहका कर्मचारीहरुले मंगलबार पनि राजधानिमा आफ्नो प्रदर्शन जारी राखेका छन्।

मंगलबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सरकारसँग न्यायको माग गर्दैै उनीहरुको मुद्दामा सरकारको उपस्थिति खोजेका हुुन्।

उनीहरुले ‘हामी यहाँ छौँ,खै सरकार कहाँ छ ?’,‘हामीलाई न्याय कसले दिने?’ ‘अन्तर प्रदेश सरुवा लागु गर’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर गीत, कविता मार्फत रचनात्क प्रर्दशन गरेका थिए।

Photo-(13)-1696943149.jpg

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने, तीनै तहमा कर्मचारीको समान वृति विकास गरिनुपर्ने लगायतका विविध २० बुँदे माग राखेर स्थानीय तहका कर्मचारीहरुले निरन्तर सडक आन्दोलनमा छन्।

Photo-(11)-1696943147.jpg

यता स्थानीय तहका कर्मचारीको आन्दोलनलाई समर्थन गर्दै प्रहरी दमनलाई लिएर विभिन्न ५ वटा ट्रेड युनियनहरुले विरोध जनाएका छन्।

युनियनहरूले विज्ञप्ति जारी गरी घटनाको निन्दा र भर्त्सना गर्दै घाइते कर्मचारीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

Photo-(1)(1)-1696943050.jpg

प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, असोज २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्