कोशीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने
मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो।
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ।
मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो।
सभापति देउवाले गठबन्धनमा भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन्।
बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए।
गठबन्धनमा पहिल्यै कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने भन्ने सहमति भएको भन्दै उनले नयाँ सरकार गठनका लािग लचिलो भएर संवादको वातावरण बनाउने बताए।
‘दुई पटकसम्म हाम्रो संसदीय दलको नेताले विश्वासको मत पाउनुभएन। त्यो परिस्थिति नै प्रतिकूल थियो,’ नेता विश्वकर्माले भने, ‘अब फेरि पनि पार्टीको नेतृत्वमा सरकार गठन हुँदा हामीले उहाँलाई नै अघि सार्ने हो।’
बैठकले सभापति देउवालाई त्यसबारे लचिलो भएर वार्ता र संवादका लागि जिम्मेवारी दिएको छ।











-1784031842.jpg)