Kathmandu Press

मधेशमा सुशासन र सामाजिक न्याय कायम गर्न एमालेले नेतृत्व लिन्छ : योगेश भट्टराई

उनले मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक हुने भएकोले अब मधेश प्रदेशको मुख्यमन्त्री देखि वडा अध्यक्षसम्ममा एमाले चाहिने बताए।
मधेशमा सुशासन र सामाजिक न्याय कायम गर्न एमालेले नेतृत्व लिन्छ : योगेश भट्टराई

धनुषा, असोज २३ : नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेश प्रदेशमा सुशासन कायम गर्न एमालेले अब भूमिका खेल्ने बताएका छन्।

एमाले मधेश प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले मधेशमा सुशासन र सामाजिक न्याय कायम गर्न मधेशको स्वाभिमान माथि उठाउनु पर्ने बताए।

उनले मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक हुने भएकोले अब मधेश प्रदेशको मुख्यमन्त्री देखि वडा अध्यक्षसम्ममा एमाले चाहिने बताए। उनले यही अवधारणा अबको अधिवेशनमा अगाडि सार्दै काम गर्ने योजना रहेको बताए।

सचिव भट्टराईले एमालेले स्थानीय चुनावदेखि प्रतिनिधिसभाको चुनावसम्ममा बहुमत ल्याउने उद्देश्यले ६६,२०० जना आफ्नो पार्टी सदस्यहरुलाई यस अधिवेशनमा कुनै न कुनै हिसाबले सहभागिता गराएको जनाए।

असोज २४ र २५ गते जनकपुरधाममा हुने नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको उद्घाटन अध्यक्ष केपी ओलीले गर्ने उनले जानकारी दिए।

प्रकाशित मिति: १५:२० बजे, मंगलबार, असोज २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्