इजरायलको हिंसामा परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारलाई कांग्रेसको ध्यानाकर्षण
कांग्रेसको संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले इजरायलमा भएको द्वन्द्वमा परि मृत्यु भएका १० जनाप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको जानकारी दिए।
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसले इजरायलमा ज्यान गुमाएका १० जनाको शोकमा शोक प्रस्ताव पारित गरेको छ।
सोमबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले इजरायलमा भएको द्वन्द्वमा परि मृत्यु भएका १० जनाप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको जानकारी दिए।
‘इजरायलमा प्यालेस्टाईनी हमास समूहको आतंककारी आक्रमणमा १० जना नेपालीहरुको हत्या भएको छ । नेपाली नागरिक घाइते, सम्पर्क विहीन र जोखिममा रहेको हुदाँ १० जनाको मृत्युप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेका छौं । त्यो आक्रमणको निन्दा गरेका छौं,’ लेखकले भने।
उनले तत्काल जोखिममा रहेका मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्ने, खान बस्नको व्यवस्था गर्न, हत्या भएका विद्यार्थीहरुको शरिरलाई तत्काल नेपाल ल्याउँने लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको पनि बताए।
‘तत्काल जोखिममा रहेका मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्ने, उनीहरुको लागि खान बस्नको लागि उचित व्यवस्था गर्ने, हत्या भएका विद्यार्थीहरुको शरिरलाई तत्काल नेपाल ल्याउने र परिवारलाई बुझाउँने, सम्पर्क विहीनको खोजी गरेर अवस्था सार्वजनिक गर्ने र नेपाल आउँन चहानेहरुलाई तत्काल सुरक्षित स्वदेश फिर्ताको व्यवस्था मिलाउनको लागि सरकारको ध्यानाकर्षण गराएको छ, लेखकले भने।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतंकवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल भएको थियो।











-1784031842.jpg)