Kathmandu Press

मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास न्यूनिकरण गर्न आवश्यक छ : प्रधानमन्त्री दाहाल

मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनले समावेश समानता मूलक समाज निमाणका लागि मानसिक विराम भएका मानिसमाथि लानचना र भेदभावलाई मर्यादित र सम्बोधन गर्नुपर्ने बताए।
मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास न्यूनिकरण गर्न आवश्यक छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, असोज २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास लाल्छना न्यूनिकरण गर्न आवश्यक भएको बताएका छन्।

मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनले समावेश समानता मूलक समाज निमाणका लागि मानसिक विराम भएका मानिसमाथि लानचना र भेदभावलाई मर्यादित र सम्बोधन गर्नुपर्ने बताए।

‘समाजमा व्याप्त गरिवि, जातीय लैङ्गिक भेदभाव अपेक्षा अनुरूपको जीवन शैली बाँच्न नसक्नु सांस्कृतिक रुपमा अराजकता बढ्दै जानु जस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ । यस्ता प्रचलनहरु अन्यायपूर्ण र संविधान प्रद्धत मौलिक अधिकार विरुद्ध छ,’ उनले भनेका छन्, ‘त्यसैले मानसिक स्वास्थ्य सँग जोडिएका अज्ञानता अन्धविश्वास लाल्छनाहरुलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउन जरुरी छ।’

मानसिक स्वास्थ्य समस्याले दैनिक १९ जनाले ज्यान गुमाउनु परेको दुखद अवस्था भएको उनको भनाइ छ।

हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित  मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि मूलक कार्यक्रम गरी मनाइँदै छ।

प्रकाशित मिति: १२:०४ बजे, मंगलबार, असोज २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्