Kathmandu Press

अरिंगालले टोकेर जाजरकोटमा एकै परिवारका दुई बालिकाको मृत्यु

मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन्।
अरिंगालले टोकेर जाजरकोटमा एकै परिवारका दुई बालिकाको मृत्यु

जाजरकोट, असोज २३ : जाजरकाेटकाे कुशे गाउँपालिका–१ धाउनीमा अरिंगालले टोकेर दुई बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा  वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन्।  

टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतका अनुसार घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिंगालले टोकेर घाइते भएको उनले बताए ।

उनीहरुलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिंगालले टोकेको थियो। अरिंगालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए।

प्रकाशित मिति: ११:०० बजे, मंगलबार, असोज २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्