‘इजरायलमा रहेका सबै विद्यार्थी सुरक्षित स्थानमा’
मन्त्रालयले मुख्य संकट अब टरेको र इजरायली सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेको बताउँदै विद्यार्थी र अभिभावकलाई नआत्तिन आग्रह गरेको छ।
काठमाडौं, असोज २३ : कृषि अध्ययनका लागि इजरायल पुगेका सबै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरुलाई हवाई उडानको अनुमति पाउनासाथ नेपाल फकाइन् मन्त्रालयले जनाएको छ।
सोमबार रातिसम्म ५० भन्दा बढी विद्यार्थीलाई सेनाको सहयोगमा सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले मुख्य संकट अब टरेको र इजरायली सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेको बताउँदै विद्यार्थी र अभिभावकलाई नआत्तिन आग्रह गरेको छ।
गत शनिबार प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा अन्धाधुन्द आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो । एक जना सम्पर्कविहीन छन् भने चार जना घाइते छन्।
इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहनेहरुका लागि अनलाइन रजिष्ट्रेसन जारी राखेका छ। उक्त डाटाबेसमा २०० भन्दा बढीले नेपाल फर्किने इच्छा व्यक्त गर्दै नाम दर्ता गराएका छन्।
नेपाली विद्यार्थीहरुसँगै नेपाल फर्किन चाहने अन्य नेपालीहरु र दिवंगत विद्यार्थीहरुको शवलाई उडान अनुमति पाउनासाथ नेपाल ल्याइने मन्त्रालयले जनाएको छ। सरकारले नेपालीहरुको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई तयारी अवस्थामा राखेको छ।











-1784031842.jpg)