Kathmandu Press

सर्वदलीय बैठक : इजरायलमा रहेका नेपालीको उद्दारमा प्रभावकारी भूमिका खेल्न सुझाव 

बैठकपछि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले सन्तुलित र समन्वयकारी भूमिका खेल्न नसकेको बताए । उनले बंकरमा रहेका नेपालीहरुलाई तत्काल उद्दार गर्न आग्रह गरे ।
सर्वदलीय बैठक : इजरायलमा रहेका नेपालीको उद्दारमा प्रभावकारी भूमिका खेल्न सुझाव 

काठमाडौं, असोज २२ : इजरायलमा जारी युद्धका कारण समस्यामा परेका नेपालीहरुबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक कुनै ठोस निर्णय बिनै सकिएको छ ।

बैठकपछि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले सन्तुलित र समन्वयकारी भूमिका खेल्न नसकेको बताए । उनले बंकरमा रहेका नेपालीहरुलाई तत्काल उद्दार गर्न आग्रह गरे ।

‘सरकारले के गर्दैैछ भन्ने भनेर उहाँले सबै दललाई जानकारी दिए । सरकारले अत्यन्तै सन्तुलित ढंगले प्रस्तुत हुनुपर्छ भन्ने कुरा राख्यौं ।’ त्यस्तै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘राष्ट्रिय पिडाको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो ।’

कसरी अगाडि बढ्ने त ? भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘मुलत बंकरमा रहेकाहरुलाई उद्दार गर्ने र मृत्यु भएकाहरुको शव यथासिघ्र चाँडो झिकाएर परिवारलाई पुर्याउने विषयमा छलफल भयो । नेपालीहरु यदि देशभित्र फर्किन चाहन्छन् भने फर्काउने र त्यही बस्न चाहनेलाई सुरक्षाको प्रत्याभूति गराउनु पर्नेमा जोड दिइयो ।’

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले, इजरायलमा संकटमा रहेका नेपालीहरुको उद्दारबारे छलफल भएको भन्दै यस्ता घटनामा सबै पार्टी एकै ठाउँमा उभिने विषय बस्तु आएको बताए । 

उनले भने ‘सरकारले जुन पहल कमदी लिएको छ यो ठिकै छ । यसलाई कार्यान्वयनमा लैजान लागोस् । साथसाथै आधिकारिकरुपमा चै जनतालाई आधिकारिक ठाउँबाट सही सूचना संप्रेशण गर्ने कुरा चै सरकारले गरोस् भन्ने सुझाव आएको छ । ’

प्रधानमन्त्री प्रचण्डले, सरकारको इजरायलमा दश जना नेपालीको ज्यान गएको प्रशंग र त्यसपछिको अवस्थाबारे छलफल गर्न सर्वदलिय बैठक आह्वान गरेका थिए । 
 

प्रकाशित मिति: २०:१५ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्