Kathmandu Press

इजरायलमा अलपत्र विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्न थालियो 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालले फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै आफूहरूको उद्धारका लागि सेनाको टोली आइपुगेको जानकारी दिएका हुन् । 
इजरायलमा अलपत्र विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्न थालियो 

काठमाडौं, असोज २२ : हमासको आक्रमणपछि इजरायलमा अलपत्र विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्न थालिएको छ । 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालले फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै आफूहरूको उद्धारका लागि सेनाको टोली आइपुगेको जानकारी दिएका हुन् । 

‘हामी यहाँबाट सुरक्षित ठाउँमा जाँदैछौं। नेपाल सरकारले रेस्क्यु गरे हामीलाई राम्रो हुन्थ्यो,’ रिजालले भनेका छन्, ‘यहाँ अरु देशले आक्रमण गर्दैछ भन्ने हामीले सुनेका छौं।’ उनले भिडियोमा भनेका छन् ।  

केहीलाई आर्मीले उद्धार गरेर लगिसकेको र भने केहीको आधा घन्टामै उद्धार हुने उनको भनाई छ । 

टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थीहरू गत भदौ २९ गते अध्ययनका लागि त्यसतर्फ गएका थिए। तीमध्ये १० जनाको निधन भइसकेको सरकारले बताएको छ। 

गम्भीर घाइते भएका ४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १ जना अझै सम्पर्क विहीन छन्।
 
प्रकाशित मिति: १८:०४ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्