Kathmandu Press

‘इजरायलमा अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश ल्याउन आवश्यक व्यवस्था गरिसकिएको छ’

सोमबार काठमाडौंमा राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको पाँचौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालय र दुतावास मार्फत इजरायलमा अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको बताएका हुन्।
‘इजरायलमा अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश ल्याउन आवश्यक व्यवस्था गरिसकिएको छ’

काठमाडाैं, असाेज २२ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश ल्याउन आवश्यक व्यवस्था गरिसकेको बताएका छन्।

सोमबार काठमाडौंमा राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको पाँचौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालय र दुतावास मार्फत इजरायलमा अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको बताएका हुन्।

नेपाललाई बिकास र समृद्धि बनाउन सके रोजगार वा शिक्षाका लागि विदेश जानुपर्ने अवस्था नआउने र विदेशमा हुने बिभिन्न घटनामा नेपालीहरुले अनाहकमा ज्यान गुमाउने अवस्था नआउने उनले बताए। उनले नेपालमा नै राम्रो शिक्षाको व्यवस्था गर्न सरकारले बिकास र समृद्धिमा जोड दिएको धारणा राखे।

उनले देशमा भ्रष्टाचार र दण्डहिनता अन्त्य गरेमात्रै मुलुकमा सुशासन कायम हुने भन्दै यसका लागि सवैले योगदान गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १७:३८ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्