Kathmandu Press

कलकारखाना सिध्याएर देशलाई तस्करीको अड्डा बनाइएको छ : व्यवसायी प्रसाईं 

कलकारखाना सिध्याएर देशलाई तस्करीको अड्डा बनाइएको छ : व्यवसायी प्रसाईं 

काठमाडौं, असाेज २२ :  व्यवसायी दुर्गा प्रसाँईले देश, उद्योग धन्दा र कल कारखाना सबै सिध्याएर तस्करी अड्डा र क्यासिनो खेल्नी ठाउँ जस्तो बनाइएको टिप्पणी गरेका छन्। 

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेका दलहरुले,  देशलाई सुन तस्करी गरेर, उद्योग धन्दा कल कारखाना सबै सिध्याएर तस्करी अड्डा र क्यासिना खेल्नी ठाउँ जस्तो बनाएको तर्क गरेका हुन्। 

उनले भने, ‘यहाँ नक्कली पैसा र सुनको कारोबार हुन्छ। यो देश उद्योग धन्दा कल कारखाना सबै सकाएर तस्करी अड्डा क्यासिना खेल्नी ठाउँजस्तो बनाएका छन्। हामी क्यासिनोको गोटी हौं यिनीहरुको? 

विभिन्न नेताहरुको नामै लिएर गम्भीर आरोप लगाएका उनले उपसभामुख ईन्दिरा राना मगरले बाल मन्दिरबाट ५ जना बच्च बेचेको दाबी गरे। 
बाल मन्दीरको १७ वटा बच्चा बेचिएकोमा ५ वटा बच्चा उपसभामुखले बेचेको प्रमाण रहेको आफूसंग रहेको उनको दाबी छ। 

उनले भने,‘बाल मन्दीरको १७ वटा बच्चा बेचेको रहेछ १७ वटा मध्येमा ५ वटा बच्चा पत्ता लाग्यो कस्ले कहाँ कहाँ बेचेको रहेछ। उपसभामुखले नै बेचेको प्रमाण मसंग सुरक्षीत छ। कस्तो मानिस राखेर देश हाँक्न खोज्दै हुनुन्छ।’

व्यवसायी प्रसाईँले केपी शर्मा ओलीले देशको सबै पैसा टावरमा र मानीस नै नभएको ठाउँ जनकपुरमा रोखेको रेलमा लगेर थुपारेको टिप्पणी गरे। 
 

प्रकाशित मिति: १७:२४ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्