Kathmandu Press

सीमित स्रोत र साधनले बालगृहको सहज व्यवस्थापनमा चुनौती : मन्त्री आचार्य

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा मन्त्री आचार्यले साधन र स्रोतको सीमितताका कारण बालगृहको अवस्था उकुसमुकुस र दयनीय रहेको भन्दै राज्यले गम्भीर भएर सोच्नुपर्ने बताएका हुन्।
सीमित स्रोत र साधनले बालगृहको सहज व्यवस्थापनमा चुनौती : मन्त्री आचार्य

काठमाडौं, असोज २२ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सीमित स्रोत र साधनले बालगृहको सहज व्यवस्थापनमा चुनौती देखिएको बताएका छन्।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा मन्त्री आचार्यले साधन र स्रोतको सीमितताका कारण बालगृहको अवस्था उकुसमुकुस र दयनीय रहेको भन्दै राज्यले गम्भीर भएर सोच्नुपर्ने बताएका हुन्।

बालसुधार गृहलाई पूर्वाधारयुक्त बनाउन अव ढिलाई गर्न नहुने उनले बताए। उनले न्यूनतम पूर्वाधारको अभावमा त्यहाँ रहेका बालबालिका शौचालय जानसमेत लाइन बस्ने बाध्यात्मक परिस्थिति रहेको जानकारी दिए।

बालसुधार गृहमा राख्ननपर्ने कुरामा आफु सहमत नभएको भन्दै उहाले बालसुधार केन्द्रबाट समाजमा आए पनि असल नागरिक बनाउन ध्यान दिनुपर्ने बताए। मन्त्री आचार्यले बजेटको व्यवस्थापन भए महिला मन्त्रालयले नै बालसुधार केन्द्रको पूर्वाधारमा सुधार गर्ने दाबी गरे। 

बैठकमा समिति सदस्यहरुले बाल सुधार गृहको व्यवस्थापन कमजोर रहेका कारण आक्रोश पैदा हुने र बिभिन्न घटना हुने जोखिम देखिएकाले बेलैमा सचेत हुनुपर्ने धारणा राखेका थिए। 

प्रकाशित मिति: १७:११ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्