इजरायलमा १० नेपालीकाे मृत्युमा भाेलि राष्ट्रिय शाेक*
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताइन्।काठमाडौं, असोज २२ : इजरायलमा १० नेपालीको मृत्यु भएकाे शोकमा सरकारले मंगलबारका लागि राष्ट्रिय शाेककाे घाेषणा गरेको छ।
सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा मंगलबारका लागि राष्ट्रिय शाेककाे घाेषणा गरेको गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताइन्। राष्ट्रिय शोकमा घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ।
उनका अनुसार इजरायलमा रहेका नेपालीहरूलाई सरकारले स्वदेश ल्याउने पनि निर्णय भएको छ। साथै मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको जनाइएकाे छ।
बैठकले इजरायलको आक्रमणमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई १०÷१० लाख राहत दिने निर्णय पनि गरेको छ भने द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउनका लागि तयारी गर्ने निर्णय गरेको शर्माले जानकारी दिइन्। बैठकले परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने , इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।
त्यस्तै अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय भएको उहाले बताउनुभयोइन्का लागि पहलकमदी भइरहेको जानकारी दिनुभयो । इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने उहाले बताइन्।
मन्त्रिपरिषद्ले इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने निर्णय गरेको छ भने यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गरेको छ ।
*यसअघि मंगलबार शोक बिदा भन्ने पर्न गएकोमा सच्याइएको छ। गलत सूचनाले पाठकमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं। -कार्यकारी सम्पादक।