Kathmandu Press

शिक्षक छनोटमा खुल्ला प्रतिस्पर्धाको सुनिश्चित गर : पञ्चा सिंह 

संसदमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’माथि अनेरास्ववियूको धारणा सार्वजनिक गर्ने क्रममा सिंहले शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धा शतप्रतिशत गर्ने व्यवस्था गलत भएको बताइन्। 
शिक्षक छनोटमा खुल्ला प्रतिस्पर्धाको सुनिश्चित गर : पञ्चा सिंह 

काठमाडौं, असाेज २२ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले सबै तहका शिक्षक छनोट प्रकृयामा खुल्ला प्रतिस्पर्धाको सुनिश्चितता माग गरेकी छिन्। 

संसदमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’माथि अनेरास्ववियूको धारणा सार्वजनिक गर्ने क्रममा सिंहले शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धा शतप्रतिशत गर्ने व्यवस्था गलत भएको बताइन्। 

‘शिक्षा मन्त्रालयमा बसेर शिक्षकहरु सबैलाई शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गराउने गरी र त्यो सबै कुरालाई शिक्षा विधेयकको एउटा अंग बनाउने गरी पेस भएको विधेयकको हामी विपक्षमा छौं। आजको नयाँ पुस्ताका शिक्षकलाई प्रतिस्पर्धामा लैजानका लागि आन्तरिक प्रतिस्पर्धाका नाममा शिक्षा क्षेत्रमा सिन्डिकेट लगाउन पाइँदैन। नयाँ जेनेरेसनलाई शिक्षण संस्थाको नेतृत्व गर्न नपठाउने हो भने शिक्षा क्षेत्रमा नयाँ आयाम थप्न सकिँदैन।’ उनले भनिन ‘यसका लागि हामीले भनेका छौ, खुल्ला प्रतिस्पर्धाको सुनिश्चित गर र नयाँ प्रतिभाहरुलाई विद्यालय क्षेत्रमा प्रवेश गर्न पाउनुपर्ने वातावरण गर। शिक्षकको आन्तरिक प्रतिस्पर्धा सतप्रतिशत गर्ने भन्ने विषय गलत छ।’

अनेरास्ववियूले विधेयकमाथि आफ्नो धारणा सार्वजनिक गर्दै संसदमा छलफलको लागि प्रस्तुत विधेयक सार्वजनिक र निजी द्धैध प्रकृतिको शिक्षा प्रणाली कायम हुने गरी ल्याएको र निजि विद्यालयको सिन्डिकेट कायाम गर्ने गरी मौलिक हक विरुद्ध रहेको आरोप लगाएको हो। जनयुद्धको क्रममा सहिद एवं बेपत्ताहरुको सन्ततिहरूलाई पढाउनको लागि देशैभरी खोलिएका विद्यालयको उचित व्यवस्थापन विधेयकबाट नै व्यवस्था गर्नुपर्ने, निजी लगानीका विद्यालय सञ्चालकलाई पाठ्यक्रम परिषद्मा लैजाने व्यवस्था हटाउनुपर्ने   सो संगठनको माग छ। 

सार्वजनिक विद्यालयमा पढाउने शिक्षकहरुका छोराछोरीहरु निजी विद्यालयमा पढाउने परिपाटी र सामुदायीक विद्यालयमै पढाउनुपर्ने माग बीचको अन्तरविरोध हटाउनुपर्ने  शिक्षकको नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने लगायतका विविध १३ बुँदे माग अखिल क्रान्तिकारीको छ। 
 

प्रकाशित मिति: १६:२० बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्