इजरायलमा रहेका नेपालीहरुलाई आफ्नै आमाको काखमा फर्काउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
सोमबार काठमाडौंमा राष्ट्रिय लोकदोहोरी व्यवसायी संघको पाँचौं साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले, इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका र मृत्यु भएका नेपालीहरुप्रति दुःख व्यक्त गर्दै तत्काल नेपाल ल्याउन प्रयास भइहरेको बताए।
काठमाडौं, असाेज २२ : गृहमन्त्री नारायणकाजि श्रष्ठले, इजरायलमा रहेका नेपालीहरुलाई आफ्नै आमाको काखमा फर्काउन सरकारले प्रयास गरिरहेको बताएका छन्।
सोमबार काठमाडौंमा राष्ट्रिय लोकदोहोरी व्यवसायी संघको पाँचौं साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले, इजरायलमा जारी द्वन्द्वका कारण समस्यामा परेका र मृत्यु भएका नेपालीहरुप्रति दुःख व्यक्त गर्दै तत्काल नेपाल ल्याउन प्रयास भइहरेको बताए।
उनले भने,‘ इजरायलमा रहेका नेपालीहरुलाई आफ्नै आमाको काखका आफ्नै भूमिमा बाँच्न पाउन स्थिति सिर्जना गर्नुपर्छ। काम सीप गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि पनि नेपाललाई विकसित गर्नुपर्छ।’ त्यो आवश्यकतालाई पुरा गर्न सरकारले पहल गरिरहेको उनको भनाई छ।
उनले यस्ता दर्दनाक घटनामा नेपालीहरुलाई पर्न नदिनको लागि आफ्नै देशमा गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि पनि नेपाललाई विकसित गर्नु पर्ने बताए।

-1784031842.jpg)