Kathmandu Press

आनन्दको मृत्युले शोकमा सपही 

तिन बहिनी, बुवा, आमा र हजुरआमाको साहाराको रुपमा रहेका घरका जेठा सन्तान आनन्दको मृत्युले परिवारमात्र नभएर सम्पूर्ण गाउँ नै शोकमा डुबेको हो।
आनन्दको मृत्युले शोकमा सपही 

काठमाडौं, असाेज २२ : इजरायलमा मारिएका दश नेपालीमध्ये धनुषाको सपही ४ का २२ वर्षीय आनन्दको परिवार शोकमा डुवेको छ। तिन बहिनी, बुवा, आमा र हजुरआमाको साहाराको रुपमा रहेका घरका जेठा सन्तान आनन्दको मृत्युले परिवारमात्र नभएर सम्पूर्ण गाउँ नै शोकमा डुबेको हो।

घरको आंगनमा वियोगमा मृतकका बुबा कहिले मुर्छा परिरहेका छन् भने कहिले चिच्चायाइरहेका छन्। आनन्द इजरायल गएको २७ दिनमै मृत्युको खबर सुन्नु पर्छ भन्ने कसैले कल्पनाा पनि गरेका थिएनन। आनन्दकी आमा शिवकली देवी, हजुर आमा बसमतिया देवी साह र कान्छी बहिनी आरतीको हालत पनि हेर्नै नसकिने छ।

आनन्दका बुवा सोमनका अनुसार टु लर्न टु वर्क भिसामा आनन्द इजरायल गएका थिए। परिवारजनलाई भेट्न पुगेका धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले नेपाल सरकार र परराष्ट्र मन्त्रालयसँग आफ्नो तर्फबाट समन्वय गरी आनन्दको शव ल्याउन पहल गरिरहेको बताएका छन्।

इजरायलमा हमासले गरेको आक्रमणमा परी १० जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। घाइते भएकाहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। त्यस्तै, अन्य ठाउँमा रहेका नेपालीहरुलाई सरकारले जारी गरेको विभिन्न सम्पर्क नम्बरमा सम्पर्क गरी स्थिति बुझनुका साथै, नेपाल फर्काउने वातावरण मिलाइरहेको जनाइएको छ।
 

प्रकाशित मिति: १६:०६ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्