बिनाइजाजतका ओटिटी, भिओडी र आइपिटिभी एप्स बन्द गर्न निर्देशन
इजाजत नलिई सञ्चालन भइरहेका यस्ता सेवा तत्काल बन्द गरी सञ्चालन गर्ने भएमा इजाजतपत्र लिन समेत भनेको छ। अन्यथा, कानूनबोजिम कारबाही गर्ने चेतावनी समेत विभागले दिएको छ।
काठमाडौं, असोज २२ : सरकारले बिनाइजाजत सञ्चालन गरिएका ओटिटी, भिओडी र आइपिटिभी एप्स तत्काल बन्द गर्न सरकारको निर्देशन दिएको छ।
इजाजत नलिई सञ्चालन भइरहेको बताउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना तथा प्रसारण विभागले यस्ता एप्सहरु बन्द गर्न निर्देशन दिएको हो। राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ अनुसार ओटीटी, भीओडी र आईपीटीभीलगायत सेवाहरु इजाजत लिएर मात्र सञ्चालन गर्न सकिने विभागले जनाएको छ।
इजाजत नलिई सञ्चालन भइरहेका यस्ता सेवा तत्काल बन्द गरी सञ्चालन गर्ने भएमा इजाजतपत्र लिन समेत भनेको छ। अन्यथा, कानूनबोजिम कारबाही गर्ने चेतावनी समेत विभागले दिएको छ।
विभागले सोमबार एक सूचना जारी गर्दै भनेको छ, ‘नेपाल राजपत्र खण्ड ७१ मा प्रकाशित राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ अनुसार ओटीटी, भीओडी र आईपीटीभी सेवाहरु इजाजत लिई मात्रै सञ्चालन गर्न सकिने व्यवस्था भएकोले हाल त्यस्ता सेवाहरु इजाजतपत्र नलिई सञ्चालन गरिरहेका संस्थाहरुले सो सेवाको सञ्चालन तत्काल बन्द गरी सो सञ्चालन गर्ने भएमा विभागबाट इजाजतपत्र लिई मात्रै सञ्चालन गर्न गराउन अनुरोध छ। सो नगरेमा कानूनबमोजिम कारबाही हुनेछ।’











-1784031842.jpg)