Kathmandu Press

इजरायलबाट नेपाल आउन चाहनेलाई छिटो उद्धारका लागि आग्रह गर्ने माओवादीकाे निर्णय

सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकले इजरायलमा मृत्यु भएकाहरुको शव छिटो ल्याउन र नेपाल आउन चाहनेलाई छिटो उद्धारका लागि सरकारसमक्ष पहलका लागि आग्रह गर्ने निर्णय गरेको हो।
इजरायलबाट नेपाल आउन चाहनेलाई छिटो उद्धारका लागि आग्रह गर्ने माओवादीकाे निर्णय

काठमाडाैं, असाेज २२ : नेकपा माओवादी केन्द्रले इजरायलबाट नेपाल आउन चाहनेलाई छिटो उद्धारका लागि आग्रह गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकले इजरायलमा मृत्यु भएकाहरुको शव छिटो ल्याउन र नेपाल आउन चाहनेलाई छिटो उद्धारका लागि सरकारसमक्ष पहलका लागि आग्रह गर्ने निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री एवं माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले इजरायल घटनामा घाइतेको उचित उपचार र मृत्यु भएकाको शवका साथ उद्दारका लागि पर्खाइमा रहेका नेपालीहरुलाई छिटो स्वदेश ल्याउन आवश्यक तयारी भइरहेको जानकारी गराएका थिए।

त्यस्तै संसदीय दलको बैठकले शिक्षा सम्बन्धी विधेयकमा गठबन्धनबीच छलफल गरेर संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरिएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। बैठकले सरकारको निमन्त्रणामा संयुक्त राष्ट्र संघका महासचिव नेपाल आउने र आगामी २७ गते शनिबार संघीय संसद्लाई सम्बोधन गर्ने भएकाले आवश्यक तयारी गर्ने निर्णय गरेको उनले बताए।

बैठकले संसद्को चालू अधिवेशनको अन्त्यपछि पार्टीका सांसदहरु आफ्नो कार्यक्षेत्रमा गएर सरकारले गरेका कामहरुलाई जनतामाझ जानकारी गराउने निर्णय पनि गरेको पाण्डले बताए। 

प्रकाशित मिति: १५:३९ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्