Kathmandu Press

इजरायलमा नेपालीको उद्धार गर्न संसदबाट विशेष प्रस्ताव पारित गर्नुपर्ने एमाले र राप्रपाकाे भनाइ

इजरायलमा नेपालीको उद्धार गर्न संसदबाट विशेष प्रस्ताव पारित गर्नुपर्ने एमाले र राप्रपाकाे भनाइ

काठमाडाैं, असाेज २२ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले इजरायलमा हमासको आक्रमणमा नेपालीको उद्धारका लागि संसदबाट विशेष प्रस्ताव पारित गर्नुपर्ने जनाएका छन्।

सोमबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँग छलफल गर्दै दुई दलले इजरायल घटनालाई संसदमा सघन रुपमा उठाउने भन्दै स्थगनको प्रस्ताव, सार्वजनिक महत्वको प्रस्ताव वा संकल्प प्रस्तावमार्फत छलफल गर्नुपर्नेमा जनाएको हुन्।  

इजरायलमा हमासको आक्रमणका कारण १० जना नेपालको मृत्यु भएको र त्यहा रहेका अन्य नेपालीहरुको अवस्थामा नाजुक भएको अवस्थामा सरकारले गम्भीरताका साथ चासो लिनुपर्नेमा आफुहरुको जोड रहेको एमाले प्रमुख सचेतक पदम गिरीले बताए।

उनले घटनापछि सरकारले अहिले केहि पनि गर्न नसकेको बताउनुभयो। इजरायल घटनामा सरकार निकम्मा भएर बस्न नमिल्ने उनको भनाइ छ। छलफलमा राप्रपाले संसदको नियमित कार्यसूचीलाई परिर्वतन गरेर इजरायल घटनामा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ। 

प्रकाशित मिति: १५:२३ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्