शिसापाङ हिमपहिरो : मिङमारकाे शव भेटियाे, तेन्जेन अझै बेपत्ता
हिम पहिरोमा परेर अरू तीन नेपाली कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ, र कामिरी शेर्पा गम्भीर घाइते भएका छन्।
काठमाडौं, असोज २२ : चीनको तिब्बतमा रहेको शिसापाङ हिमालमा शनिबार गएको हिमपहिरोमा परेर मृत्यु भएका एक नेपालीको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्।
मृत्यु भएका मिङमार शेर्पाको शव भेटिएको छ भने विश्वकीर्तिमानी आरोही तेन्जेन शेर्पा अझै हराइरहेका छन्। हिम पहिरोमा परेर अरू तीन नेपाली कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ, र कामिरी शेर्पा गम्भीर घाइते भएका छन्।
उनीहरूसँगै गएका अमेरिकी नागरिकद्वय अना गुटु र जिना मारियामध्ये अनाको शव भेटिएको छ भने जिना अझै सम्पर्कविहीन छिन्। हराइएकाहरको खोज तथा घाइतेको उद्धारका लागि पहल भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १४:३९ बजे, सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)