इजरायलको द्वन्द्वमा नेपालीको ज्यान गएको घटनाप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

काठमाडौं, साउन २२ : पूर्वराजा ज्ञानेन्द्र शाहले हालै इजराइलमा भड्किएको हिंसामा ज्यान गुमाएका १० जना नेपालीको मृत्युप्रति दुःख व्यक्त गरेका छन्।
सोमबार एक विज्ञाप्ती जारी गर्दै उनले अध्ययन र रोजगारीका शिलशिलामा इजराइलमा रहेका हजारौं नेपालीहरु युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा पनि चिन्ता व्यक्त गरेका हुन्।
‘यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीहरुलाई स्वदेश फर्काउनका लागि नेपालले तत्काल पहल गर्नु पर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइ हाल्नु पर्ने आवश्यकता रहेको हामीले महशुस गरेका छौं,’ पूर्वराजाको संवाद सचिवालयको विज्ञप्तिमा जारी छ।
विज्ञप्तिमा आजको दुनियाँमा द्धन्द र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनुपर्ने धारणा पनि व्यक्त गरिएको छ।











-1784031842.jpg)