राष्ट्रपति भवनअगाडि विरोध प्रदर्शन, १३ जना पक्राउ [तस्बिरहरू]
विरोध प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता थियो।![राष्ट्रपति भवनअगाडि विरोध प्रदर्शन, १३ जना पक्राउ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/pradarshan-1696838747.jpg)
काठमाडाैं, असाेज २२ : मानव अधिकार तथा शान्ति समाजले सोमबार राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको छ।
राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्नलगायत विषयमा केन्द्रित रही आज मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेका हाे। प्रदर्शनका क्रममा १३ जना पक्राउ परेका छन्।
समाजले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रही देशव्यापी अभियान प्रारम्भ गरेको हाे। विरोध प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता थियो।










प्रकाशित मिति: १३:५१ बजे, सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)