काठमाडौं जिल्ला अदालतमा सुरु भयो पारिवारिक इजलास
उनले नेपालको इतिहासमै पहिलो पटक पारिवारिक इजलासको शुभारम्भ भएको भन्दै यसबाट महिलावादी भएर चल्ने मुद्धाहरुमा छिटो छरितो फैसला हुने बताए।
काठमाडौं, असोज २२ : काठमाडौं जिल्ला अदालतमा पारिवारिक इजलास आजबाट सुरु भएको छ।
पारिवारिक इजलास सेवाको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले यसले महिलाहरूको लागि विश्वासिलो न्याय प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले नेपालको इतिहासमै पहिलो पटक पारिवारिक इजलासको शुभारम्भ भएको भन्दै यसबाट महिलावादी भएर चल्ने मुद्धाहरुमा छिटो छरितो फैसला हुने बताए।
‘हाम्रो न्यायक पक्रियामा यो पहिलो पटक नै हो। यसले विशेष गरेर महिलावादी भएर चल्ने मुद्धाहरुमा छिटो छरितो फैसला गर्न सक्छ,’ उनले भने, ‘यसले महिलाहरुको लागि केही न केही विश्वासिलो न्याय प्रदान गर्न सक्छ भन्ने आशा छ।’
प्रधानन्यायाधीश श्रेष्ठले यो एउटा प्रयास मात्रै भएको भन्दै यसबाट सकारात्मक नतिजा आए विस्तारै अरु अदालतहरुमा पनि सुरुवात गर्ने अठोटका साथ लागेको बताए।
‘यो एउटा प्रयास मात्रै हो यसबाट सकारात्मक नतिजा आयो भने यसमा अरु पनि केही मुद्दाहरु थप्न सक्छौ। महिलाहरुले अंश पाउँन गारो भएको अवस्थामा यो पारिवारिक ईजलासले राम्रो काम गर्छ भन्ने लाग्छ,’ उनले भने ।
अंश, नाता कायम, घरेलु हिंसा सम्बन्धी मुद्धाहरु र बालबालिकाको हित सम्बन्धी जोडिएका मुद्धाहरुलाई एउटा पारिवारिक इजलासको नामबाट यसको शुभारम्भ गरेको भन्दै यसले पारिवारिक क्षेत्रमा बढी काम गर्ने उनले बताए।











-1784031842.jpg)