इजरायलमा ज्यान गुमाएका नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने संयन्त्रको निर्णय
-1696829744.jpg)
काठमाडौं, असोज २२ : परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकको इजरायलमा ज्यान गुमाएका नेपाली नागरिकको शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।
सोमबार बसेको समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने निर्णय भएको बताइएको छ।
‘बैठकले थाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने निर्णय गरेको छ,’ पराराष्ट्रमन्त्री साउदको सचिवालयले भनेको छ।
त्यस्तै संयन्त्र बैठकले इजरायली पक्षसँग आवश्यक समन्वय गर्ने निर्णय पनि गरेको छ।
प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा गत शनिबार गरेको आक्रमणमा परी हालसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । इजरायलमा हाल करिब ५ हजारको हाराहारीमा नेपालीहरु विभिन्न पेशामा कार्यरत छन्।











-1784031842.jpg)