Kathmandu Press

इजरायल द्वन्द्वबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् र सर्वदलीय बैठक

प्रधानमन्त्री दाहालले सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका र मन्त्रिपरिद् बैठक लगत्तै साँझ ५ बजे प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
इजरायल द्वन्द्वबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् र सर्वदलीय बैठक

काठमाडौं, असाेज २२ : इजरायलमा जारी द्वन्द्वमा नेपालीको अवस्था र उद्दारबारे आवश्यक निर्णय प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् र सर्वदलिय बैठक बोलाएका छन्।

प्रधानमन्त्री दाहालले सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका र मन्त्रिपरिद् बैठक लगत्तै साँझ ५ बजे प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

बैठकले इजरायलमा त्रासमा बसिरहेका नेपालीलाई स्वदेश फर्काउनेबारे आवश्यक निर्णय गर्ने अपेक्षा छ।

इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउद संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक पनि परराष्ट्र मन्त्रालयमा बसिरहेको छ।

प्रकाशित मिति: ११:२९ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्