Kathmandu Press

दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला

यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् । 
दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला

काठमाडौं, असोज २२ : दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ । 

यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् । 

गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।

दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ । 

प्रकाशित मिति: ०७:४० बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्