इजरायलमा रहेका आफ्न ११९ विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न रामपुर कृषि विश्वविद्यालयकाे अनुरोध
रामपुर कृषि विश्वविद्यालयले इजरायलमा रहेमा विद्यार्थी हालसम्म सकुशल रहेको जानकारी दिँदै उनीहरूलाई थप सुरक्षित ठाउँमा सार्नका लागि पहल गर्न सरकारसँग अनुरोध गरेको छ।
चितवन, असोज २१ : रामपुर कृषि विश्वविद्यालयले इजरायलमा रहेमा विद्यार्थी हालसम्म सकुशल रहेको जानकारी दिँदै उनीहरूलाई थप सुरक्षित ठाउँमा सार्नका लागि पहल गर्न सरकारसँग अनुरोध गरेको छ।
विश्वविद्यालयका रजिष्ट्रार शारदा थपलियाले प्रेस विज्ञप्ति जारी गर्दै मा इजरायलमा रहेका विश्वविद्यालयका ११९ जना विद्यार्थी सुरक्षित रहेको जनाएका छन्।
इजरायलमा कृषिमा काम गर्दै सिक्ने विश्वविद्यालयको कार्यक्रम अन्तर्गत उनीहरू त्यहाँ गएका हुन्। सन् २०२३ मा ११३ जना र अघिल्लो वर्षका ६ जना विद्यार्थी हाल इजरायलमा छन्।
त्यहाँका विद्यार्थीसँग हाल पनि नियमित सम्पर्क भइरहेको र स्थानीय सुरक्षा प्रणालीबाट अनुरोध भए बमोजमका सुरक्षा विधि अपनाउन सुझाव दिएको रजिष्ट्रार थपलियाले विज्ञप्तिमा उल्लेख गरेका छन्।
प्रकाशित मिति: २१:०७ बजे, आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)