हमासको आक्रमणमा इजरायलमा १० नेपाली विद्यार्थी मृत्यु भएको पुष्टि, १ वेपत्ता
सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए।
काठमाडौं, असोज २१ : इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टी भएको छ।
शनिबार हसमाले गरेको ठूलो आक्रमणमा कृषि अध्ययनका लागि गएका १० नेपाली छात्र विद्यार्थीको मृत्यु भएको हो। ती विद्यार्थीहरूको शनिबार दिउँसोबाट नेपाली दूतावाससँग सम्पर्क टुटेको बताइएको छ।
किवुज अलुमिनमा रहेका १७ विद्यार्थीमध्ये १० जनाको मृत्यु इजराइलका लागि नेपाली राजदूत कान्ता रिजाल बताएकी छिन्। हमासको आक्रमणबाट घाइते विद्यार्थीहरुलाई तुरुन्त उपचारको प्रबन्ध गर्न इजराइलको सबै तहमा प्रयास गरेपछि सफल नहुँदा उनीहरुको मृत्यु भएको उनले बताइन् ।
एक जना बेपत्ता भएको र घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको नेपाली दूतावासले जनाउको छ। शनिबार उनीहरु बसेको क्याम्पभित्र हमासका लडाकुहरु प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
ती विद्यार्थीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए। उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी भएको बताइएको छ।
यो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरु पठाएको थिए। जसमध्ये ११ जना छात्रा छन्। ४९ जना विद्यार्थीहरुलाई ६ वटा समूहमा विभाजन गरी अलग–अलग कृषि फार्ममा पठाइएको थियो। ३२ जना कृषि विद्यार्थीहरु भने विभिन्न कृषि फार्ममा रहेको वंकरमा सुरक्षित रहेको बताइएकाे छ।
इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँरहेका र मृत्यु भएकाहरूको विवरण पठाए पनि परराष्ट्र मन्त्रालयले भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।











-1784031842.jpg)