जिप दुर्घटनामा गम्भीर घाइते वडाध्यक्षसहितको हेलिकप्टरबाट उद्धार
दुर्घटनामा गम्भिर घाइते भएका सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष ३७ वर्षीय, देवजङ बोहरा, सोही गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ३५ वर्षीय पामा लामा र वडा नं का ४ का ध्रुर्वबहादुर शाहीलाई हेलिकप्टरमा नेपालगञ्ज लगिएको हो।
हुम्ला, असोज २१ : हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटनामा घाइते भएकाहरको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
आइतबार सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको बा२१च ७३५३ नं को जिप दुर्घटनामा घाइते गम्भीर घाइते भएका तीन जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि बाँकेको नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।
मानसरोवर मावि नजिक भएको सो दुर्घटनामा चालकसहित नौ जना घाइते भएका थिए।
दुर्घटनामा गम्भिर घाइते भएका सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष ३७ वर्षीय, देवजङ बोहरा, सोही गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ३५ वर्षीय पामा लामा र वडा नं का ४ का ध्रुर्वबहादुर शाहीलाई हेलिकप्टरमा नेपालगञ्ज लगिएको हो।
सामान्य घाइते यात्रुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: १९:१२ बजे, आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784031842.jpg)