इजरायलमा रहेका नेपालीको उद्धार गरी स्वदेश फर्काउन सरकारसँग कांग्रेसकाे माग
केही नेपाली घाइते भएको र केही बन्धक बनाएको भन्दै देउवाले इजरायलमा रहेका नेपालीलाई तत्काल सुरक्षित स्थानमा पुर्याउन माग गरेका छन्।
काठमाडौं, असोज २१ : नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीको उद्धार गरी यथासम्भव स्वदेश फर्काउन सरकारसँग माग गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज एक वक्तव्य जारी गरेर केही नेपाली घाइते भएको र केही बन्धक बनाइएको भन्दै इजरायलमा रहेका नेपालीलाई तत्काल सुरक्षित स्थानमा पुर्याउन पनि माग गरेका हुन्।
‘आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्ब कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएकाे छ।
सभापित देउवाले इजरायलमा कार्यरत नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन छिमेकी देशहरू, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, आप्रवास सम्बन्धी संगठन, अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह गरेका छन्।
प्रकाशित मिति: १७:१५ बजे, आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)