महराका छोरा राहुलसहित तीन जनाविरुद्ध मुद्दा चलाउन सिआइबीको राय
पूर्वसभामुख महराका छोरा राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेललाई विरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन राय दिएको जनाइएको छ।
काठमाडौँ, असोज २१ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विद्युतीय चुरोट (भेप) मार्फत अवैध सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित तीन जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन राय दिएको छ।
सिआइबीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई यस्तो राय दिएको हो। उक्त रायसहितको प्रतिवेदन सरकारी वकिलकहाँ पुगेको छ। पूर्वसभामुख महराका छोरा राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेललाई विरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन राय दिएको जनाइएको छ। अघिल्लो बर्षको पुस १० गते दुबईबाट भेपमा लुकाएर ल्याएको ९ किलो ११.५२४ ग्राम सुन बरामद भएको थियो।
भेपमार्फत अवैध सुन तश्करी प्रकरणमा अभियुक्तमाथि ८ करोड ५५ लाख रुपैयाँ बिगो कायम गर्न समेत सरकारी वकीललाई राय दिइएको छ। सुन छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुलले समेत दबाब दिएको अडियो बाहिरिएपछि छानविन शुरु भएको थियो। उक्त प्रकरणमा पूर्वसभामुख महरालाई समेत प्रहरीले बयान कागज गराएको छ।











-1784031842.jpg)