Kathmandu Press

संघीयता कसैको आशीर्वाद र हुकुम बक्सिसमा आएको होइन : सांसद यादव

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रदेशहरूमा केही तत्वहरूले ग्रान्ड डिजाइनमा प्रदेश खारेजी गर्नुपर्छ भनेर जुलुसहरू निकालिरहेको भन्दै प्रदेश कसैको आशिर्वाद र हुकुम बक्सिसमा नआएको बताएका हुन्।
संघीयता कसैको आशीर्वाद र हुकुम बक्सिसमा आएको होइन : सांसद यादव

काठमाडौं, असाेज २१ : जनता समाजवादीका प्रमुख सचेतक तथा सांसद प्रदीप यादवले प्रदेश कसैको आशिर्वाद र हुकुम बक्सिसमा नआएको भन्दै यसको खारेजी सोच्न सम्म पनि नसकिने बताएका छन्। 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रदेशहरूमा केही तत्वहरूले ग्रान्ड डिजाइनमा प्रदेश खारेजी गर्नुपर्छ भनेर जुलुसहरू निकालिरहेको भन्दै प्रदेश कसैको आशिर्वाद र हुकुम बक्सिसमा नआएको बताएका हुन्।

उनले भने, ‘अहिले धेरै प्रदेशहरूमा केही तत्वहरूले ग्रान्ड डिजाइनमा प्रदेश खारेजी गर्नुपर्छ भनेर जुलुसहरू निकालिरहेको छ। संघीयता यसरी आएको होइन, कसैको चाँहि आशिर्वादमा, हुकुम बक्सिसमा आएको होइन। संघीयता नेपाली जनताको बलिदानीले आएको छ। नेपाली जनताको खुन पसिनाले आएको छ। संघीयतालाई मजबुत बनाउनका निमित्त सरकारको काम हो।’

उनले सरकारले सम्पूर्ण शक्ति केन्द्रमा राख्ने र प्रदेशलाई अधिकार नदिने, प्रहरी प्रशासन केन्द्रमा राख्ने र प्रदेशमा नदिने अनि संघीयता मजबुद कसरी हुन्छ भन्दै प्रश्न गरे ? अघिल्लो सरकारले जस्तै वर्तमान सरकार पनि प्रदेश बदनाम गर्ने बाटोमा गइरहेको उनको दाबी छ। 

उनले भने,‘सकारले चाँहि सम्पूर्ण शक्ति केन्द्रमा राख्ने प्रदेशलाई अधिकार नदिने, प्रहरी प्रशासन केन्द्रमा राख्ने र प्रदेशमा नदिने अनि संघीयता मजबुद कसरी हुन्छ ? प्रदेश त बदनाम भइहाल्छ अघिल्लो सरकारले पनि त्यै काम ग¥यो, अहिलेको वर्तमान सरकार पनि त्यै बाटोमा गइरहेको छ।’

प्रकाशित मिति: १५:३० बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्