Kathmandu Press

प्रदेशबाट आएर भैंसेपाटीमा बास बस्नुपर्ने कठै बरा मुख्यमन्त्रीहरु : चित्रबहादुर केसी

आइतबार प्रतिनिधिसभा बैठकमा उनले महंगो संघीयतालाई नेपालले धान्न नसक्ने स्पष्ट भएको उल्लेख गर्दै अब संघीयताको मुरली बजाउन छाड्नुपर्ने तर्क गरे। 
प्रदेशबाट आएर भैंसेपाटीमा बास बस्नुपर्ने कठै बरा मुख्यमन्त्रीहरु : चित्रबहादुर केसी

काठमाडौं, असाेज २१ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लाज नमानी संघीयता खारेजी गर्नुपर्ने दोहोर्‍याएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा उनले महंगो संघीयतालाई नेपालले धान्न नसक्ने स्पष्ट भएको उल्लेख गर्दै अब संघीयताको मुरली बजाउन छाड्नुपर्ने तर्क गरे। 

उनले भने, ‘एउटा प्रदेशको ६ वर्षसम्म न्वारन हुन्न, त्यसपछि बल्ल न्वारन हुन्छ। बाहुनहरुले नाम किटानी गरिसकेपछि त्यो नाम भएन भनेर फेरी त्यहाँ उत्पाद मचिन्छ। कतिचोटी त्यहाँ सरकार बने, कति भत्किरहेछन्। यो जात्रा देख्न र सुन्न नेपाली जनताले परेको छ। तैपनि मान्यहरुले संघीयताको मुरली बजाइरहन्छन्। संघीयताले गरेर खाएन अब।’  

उनले संघीयतामा अनावश्यक खर्च भएकोप्रति व्यङ्ग्य गर्दै थपे, ‘देख्नुभएन, मुख्य मन्त्रीहरुलाई काठमाडौं भैंसेपाटीमा दरबार बनाउने हो ? उहाँहरु प्रदेशबाट यहाँ बास बस्नपर्ने कठैबरा ! अवस्था यही हो अब चल्छ संघीयता ? सक्नुहुन्छ तपाइँहरुले धान्न ? लाज नमानिकन प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ। नगर र गाउँपालिकालाई अधिकार दिऔं। हामीले जति घोक्रो फुलायपनि नेपाली जनतालाई संघीयता मान्य छैन भनेर कोशीमै देखाइराखेका छौं।’

प्रकाशित मिति: १५:२८ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्