Kathmandu Press

विकट स्थानमा आपतकालीन जनस्वास्थ्यको पहुँच पुर्‍याउन कार्ययोजना आवश्यक

उनले आपतकालीन जनस्वास्थ्य तथा प्राकृतिक विपत्तिका घटनामा जनस्वास्थ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएत सरोकारवाला निकायहरुबीच एकीकृत योजनाका साथ अघि बढ्नुपर्ने धारणा राखे।
विकट स्थानमा आपतकालीन जनस्वास्थ्यको पहुँच पुर्‍याउन कार्ययोजना आवश्यक

काठमाडाैं, असाेज २१ : स्वास्थ्य मन्त्री मोहन बस्नेतले भौगोलिक विकटता भएका स्थानमा आपतकालीन जनस्वास्थ्यको पहुँच पुराउन कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

आपतकालीन जनस्वास्थ्यको पूर्व तयारीका स्म्बन्धमा स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले सडक र हवाई मार्गको सहज पहुँच तथा सामर्थ्य नभएका स्थानमा आपतकालीन जनस्वास्थ्यको पहुँच पुराउन बृहत् रुपमा अध्ययन गरेर कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।

उनले आपतकालीन जनस्वास्थ्य तथा प्राकृतिक विपत्तिका घटनामा जनस्वास्थ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएत सरोकारवाला निकायहरुबीच एकीकृत योजनाका साथ अघि बढ्नुपर्ने धारणा राखे।

मन्त्री बस्नेतले पूर्वतयारीको कार्ययोजना बनेपनि कार्यान्वयनमा लागू हुन नसकेको गुनासो गरे। उनले आपतकालीन जनस्वास्थ्यको पहुँचका लागि मन्त्रालयले आवश्यक सहयोग र सहजीकरण गर्ने बताए।

मन्त्री बस्नेतले सीमित स्रोतसाधनका बाबजुद पनि सरोकारवाला निकायले प्रभावकारी रुपमा समन्वय गरी समझादारीका साथ काम गरेको भन्दै आगामी दिनमा पनि सकारात्मक उपलब्धि हासिल गर्नेगरि अघि बढ्नुपर्ने बताए। 

प्रकाशित मिति: १५:१८ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्