Kathmandu Press

डेंगी नियन्त्रणमा प्रदेश र संघीय सरकारको ध्यान गएन : सांसद वाग्ले 

आइतबार प्रतिनिधिसभा बैठकमा उनले तनहुमा डेंगी बढेको र औषधोपचारको लागि आवश्यक मेडिकल सामग्री समेत सरकारले उपलब्ध नगराएको प्रति आक्रोश पोखे। 
डेंगी नियन्त्रणमा प्रदेश र संघीय सरकारको ध्यान गएन : सांसद वाग्ले 

काठमाडौं, असाेज २१ : रास्वपा सांसद डा स्वर्णिम वाग्लेले डेंगी नियन्त्रण गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा उनले तनहुमा डेंगी बढेको र औषधोपचारको लागि आवश्यक मेडिकल सामग्री समेत सरकारले उपलब्ध नगराएको प्रति आक्रोश पोखे। 

उनले भने, ‘औषत १०० जनाको डेंगी परिक्षण हुदा ६०/७० प्रतिशत पोजेटिभ आइराखेको छ। डेंगी किट र ब्लड काउन्ट गर्ने आधारभूत सामग्रीहरु पनि व्यक्तिगत पहलमा सांसदले पठाइ दिनुपर्ने अवस्था आएको छ। प्रदेश सरकार र संघीय सरकारको यसप्रति ध्यान जाओस्।’ 

साथै उनले वैदेशिका रोजगारीमा गर्मी ठाउँमा काम गरेर फर्किएकामा मृर्गौला सम्बन्धी रोगका कारण पीडित भएको प्रतिवेदन सार्वजनिक भएको प्रति सरकारको ध्यानाकर्षण गराए। 

‘राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराइरहेका बिरामी मध्ये एक तिहाई बिरामीहरु वैदेशिक रोजगारबाट फर्केका र औषतमा ४० वर्षभन्दा कम उमेर रहेको पाइएको छ। यो दर्दनाक अवस्था हो। ती मध्ये ७० प्रतिशत भन्दा बढी व्यक्तिहरुले दैनिक चरम गर्मीमा काम गरेका कारण रोगी बनेको प्रारम्भिक हाइपोथेसिस छ। तुरुन्तै गरिनुपर्ने काम, विदेश जानुअघि राम्रो अभिमुखीकरण गर्नेे, डिहाईडे«सन लगायतका कुरामा एअरपोर्टमै भएपनि बुथ राखेर श्रव्यदृश्य सामग्रीको व्यवस्था गर्नुपर्ने देखिन्छ,श्रम मन्त्रालको यसमा ध्यान जाओस्,’ वाग्लेले भने। 
 

प्रकाशित मिति: १४:४९ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्