राष्ट्रपतिको उपचार खर्च विवादमा सुनुवाई सकिया, आदेश आउँदै

काठमाडौँ, असोज २१ : राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्च विवादमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा आइतवार भएको सुनुवाई सकिएपछि आजै आदेश आउने भएको छ।
राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले ब्यहोर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्चमा रिट दायर गरेका हुन्। राष्ट्रपतिको उपचार खर्च सरकारले ब्यहोर्ने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर रिटमा छ।
राष्ट्रपति आँफैले उपचार खर्च ब्यहोर्ने भन्दाभन्दै सरकारले दिँदा राज्य कोषको दुरुपयोग भएको दाबी समेत गरिएको छ। राष्ट्रपति पौडेलले भारतमा भएको उपचारको खर्च आँफै ब्यहोर्न चाहेको विज्ञप्ति समेत जारी गरिसकेको अवस्थामा मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको उपचारमा लागेको ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको प्रश्न पनि रिटमा उठाइएको छ।











-1784031842.jpg)