Kathmandu Press

झलनाथ खनाल प्रतिष्ठानमा सर्प पाल्ने कार्यक्रममा १८ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर 

सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित विनियोजन गरिएको बजेटमा भ्रष्टाचार भएको निश्कर्षमा अख्तियार पुगेको छ। 
झलनाथ खनाल प्रतिष्ठानमा सर्प पाल्ने कार्यक्रममा १८ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर 

काठमाडौं, असोज २१ : झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको ठहरसति विशेष अदालतमा मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमार यादवसहित ७ जनाविरुद्ध आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो। सरकारको आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित विनियोजन गरिएको बजेटमा भ्रष्टाचार भएको निश्कर्षमा अख्तियार पुगेको छ। 

मधेस प्रदेशका तत्कालिन आर्थिक मामिलामन्त्री यादव, मधेश प्रदेशको तत्कालीन आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठ र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको दाबी अख्तियारको छ।

बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा गरी भ्रष्टाचार भएको अख्तियारको निश्कर्ष छ। प्रतिबादीबाट भ्रष्टाचारको विगो अनुरुप १७ करोड ९८ लाख ३३ हजार असुल उपर गर्न र कैद तथा जरिवानाको माग अदालतसमक्ष गरिएको छ। यादव तत्कालीन मन्त्री भएका कारण भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार थप कैद सजाय गर्न समेत मागदाबी गरिएको छ।

वित्तीय, भौतिक एवं जनशक्ति भएको, योजनाको विस्तृत अध्ययन लगायतका झुटो विवरण शर्त घोषणामा उल्लेख गरी योजना आयोगमा अनुदान प्रस्ताव पेश गरेको अख्तियारको निश्कर्ष छ। यसबापतसंघीय सरकारबाट तीन करोड २७ लाख समपूरक अनुदान दिइएको देखिएको छ। अख्तियारले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, हालको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई समेत भ्रष्टाचारमाकारवाहीको माग गरेको छ। 
 

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्