Kathmandu Press

निजी क्षेत्रलाई समेत प्रोत्साहन हुने गरी विधुतसम्बन्धी विधेयक अघि बढाउनुपर्नेमा जोड

विधेयकका सम्बन्धमा छलफल गर्न संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा विज्ञहरुले विधेयकले निजी क्षेत्रलाई विस्थापीत गर्ने चिन्ता व्यक्त गर्दै यसअघिको विधुत ऐनलाई पनि मध्यनजर गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।
निजी क्षेत्रलाई समेत प्रोत्साहन हुने गरी विधुतसम्बन्धी विधेयक अघि बढाउनुपर्नेमा जोड

काठमाडौं, असाेज २१ : विज्ञहरुले विधुतसम्बन्धी विधेयकलाई निजी क्षेत्रलाई समेत प्रोत्साहन हुने गरी अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

विधेयकका सम्बन्धमा छलफल गर्न संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा विज्ञहरुले विधेयकले निजी क्षेत्रलाई विस्थापीत गर्ने चिन्ता व्यक्त गर्दै यसअघिको विधुत ऐनलाई पनि मध्यनजर गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका हुन्।

विद्युतको उत्पादनका साथै गुणस्तरीय विद्युत वितरणमा पनि विज्ञहरुले जोड दिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। अर्थतन्त्रलाई उकास्न विधुत क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले आर्थिक पक्षलाई हेरेर यसलाई गम्भीरता पूर्वक छलफल गरेर टुङ्गो लगाउनुपर्ने उनले बताए।

लेखकले विधेयकमा सन्दर्भमा संशोधन गर्नुपर्ने बिषयमा पनि बैठकमा छलफल भएको जिकिर गरे। उनले विधुतसम्बन्धी विधेयक मंगलबार पुनः सरोकारवालासँग छलफल गरिने जानकारी दिए। 

प्रकाशित मिति: १३:०७ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्