Kathmandu Press

इजरायलमा भएकाे आक्रमणमा केही हताहत भएको हुन सक्ने परराष्ट्रमन्त्रीकाे भनाइ

परराष्ट्रमन्त्री एनपी साउदले द्वन्द्वग्रस्त क्षेत्रमा १७ जना विद्यार्थी रहेकामा २ जना सम्पर्कमा आएको, ३ जना घाइते भएको र १२ जना सम्पर्कमा नरहेकाले उनीहरुमध्ये केहि हताहत भएको हुन सक्ने बताए।
इजरायलमा भएकाे आक्रमणमा केही हताहत भएको हुन सक्ने परराष्ट्रमन्त्रीकाे भनाइ

काठमाडौं, असाेज २१ : सरकारले प्यालेस्टिटानी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी केही नेपाली विद्यार्थी हताहत भएको हुन सक्ने जनाएको छ। 

आइतबार प्रतिनिधिसभा बैठकमा इजरायलमा रहेको नेपालीको अवस्थाकाबारे जानकारी दिदै परराष्ट्रमन्त्री एनपी साउदले द्वन्द्वग्रस्त क्षेत्रमा १७ जना विद्यार्थी रहेकामा २ जना सम्पर्कमा आएको, ३ जना घाइते भएको र १२ जना सम्पर्कमा नरहेकाले उनीहरुमध्ये केहि हताहत भएको हुन सक्ने बताए।

दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएको उहाको भनाइ छ। उनले इजरायलमा भएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको र प्रधानमन्त्रीको अध्यक्षतमा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाला निकायहरु सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको बताए।

संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थीतिको समग्र मुल्याङ्कन गरेर आवश्यक कार्य गरेको उहाले बताउनुभयो। उहाले नेपाली राजदूतावासलाई नेपालीको उद्धार गर्न, इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्न नेपालीहरुलाई जानकारी गराउन निर्देशन दिएको उल्लेख गरे।

नेपाल सरकार इजरायलमा रहेका नेपालीहरुलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नका लागि पूर्णरुपमा प्रतिवद्ध रहेको उहाले बताए। इजरायलमा हाल ४ हजार ५ सय नेपाली केयर गिभरमा कार्यरत छन् । २६५ विद्यार्थीहरु अध्ययनरत रहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए।

प्रकाशित मिति: १३:३६ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्